काठमाडौँ – अविरल बेमौसमी वर्षासँगै बाढी–पहिरोका कारण सडक तथा पुलमा करौडोको क्षति भएको छ । देशभर परेको वर्षाका कारण सडकमा मात्र प्रारम्भिक रुपमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको सडक विभागले जनाएको छ ।
त्यस्तै पुलमा पनि प्रारम्भिक क्षतिको अनुमानित रकम १ अर्ब ५ करोडको रहेको विभागले जनाएको छ । विभागकाअनुसार हालसम्म ५ वटा राजमार्गका १७ स्थानमा यातायात अवरुद्ध भएको छ । यसैविच, कृषि मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार बेमौसमी वर्षाले ७ अर्ब २२ करोड बराबरको धानमा क्षति पुगेको छ । प्रदेश २ को प्रभाव थपिँदा यो रकम अझै बढ्ने मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको ४ अर्ब ५१ करोड बराबरको धानमा क्षति हुँदा सुदुरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड बराबरको धान नष्ट भएको प्रारम्भिक अनुमान छ । प्रदेश १ मा ८० करोडको धान नष्ट भएको मन्त्रालयले जनाएको छ । यद्यपि प्रदेश २ को क्षतिको विवरण आएको छैन ।
प्रतिक्रिया