राजनीति

एमाले विवाद : ओलीको कार्यशैली र व्यवहारमा प्रश्न, अधिवेशन निष्पक्ष नहुने आरोप


काठमाडौँ – आगामी मंसिरको लागि तय भएको १० औं महाधिवेशनलाई लक्षित गर्दै नेकपा एमालेको वडा अधिवेशन जारी छ । कतिपय स्थानमा चुनाव मार्फत त कतिपयमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईरहेको छ । बाढीपहिरो प्रभावित जिल्ला सहित केहि जिल्लामा भने वडा अधिवेशन सारिएको छ ।संघिय संरचना अनुसार प्रथम पटक नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । देशभर एकै दिन वडास्तरको अधिवेशन सम्पन्न गर्ने योजना रहे पनि सुर्खेतमा प्राविधिक कारण देखाउँदै र अन्य बाढी पहिरो प्रभावित जिल्लामा वडा अधिवेशन रोकिएको छ ।

मंसिरमा हुने १० औं राष्ट्रिय महाधिवेशन आउन करिव एक महिना बाँकी रहँदा शनिबारदेखि वडा स्तरको अधिवेशनको चटारो सुरु भएको हो । एमालेमा फुट र राम बहादुर थापा बादल समूह सहित पूर्व माओवादी नेताहरुको व्यवस्थापनका हिसावले पनि यो अधिवेशन महत्वका साथ हेरिएको छ । साथै पार्टीमा कसरी नेतृत्व वाँडफाँड हुन्छ भन्ने चासो समेत छ । पार्टीभित्रबाट केहि छुट्टिएर गए पनि एमालेलाई अझ ठुलो शतिm बनाउन साथै नेतृत्व चयनमा पूर्व माओवादी भनिएकाहरुले समेत ठुलो मद्धत पुगेको सर्वसम्मत चयन भएका वडा अध्यक्षहरु बताउँछन । पार्टीलाई अझ फराकिलो बनाउँदै आगामी निर्वाचनमा ठुलो शतिm बन्ने उनीहरुको दावी छ ।

नेतृत्व चयन गर्दा नेता प्रदान नभई नीति प्रदान हुने भएकोले प्रथम वडा अधिवेसन पूर्ण रुपमा सफल हुने धेरैको धारण छ । नेतृत्वको सहमति भएरै अधिवेशन मार्फत औपचारिकता दिएको नेताहरुको भनाई छ । भर्चुवल माध्यमबाट वडा अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशैभर सकेसम्म सर्वसम्मत रुपमा नै नेतृत्व चयन गर्न सुझाएका छन । नेता कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा एमालेलाई ठुलो शतिm बनाउनेतर्फ लाग्न आग्रह समेत गरे ।

पार्टीको नेतृत्व फेरवदलका लागि अधिवेशन अगाडि बढे पनि एमालेभित्र आन्तरिक विवाद भने बढ्दो छ । भीम रावल लगायतका नेताहरु ओलीको कार्यशैली र व्यबहार असन्तुष्ट मात्र छैन अधिवेशन निष्पक्ष नहुने आरोप समेत लगाईरहेका छन । विभाजनको असर, आन्तरिक विवाद र विपक्षीबीच तालमेलका कारण निर्वाचनमार्फत आफ्नो साग जोगाउन ओलीलाई सहज भने देखिँदैन ।