राजनीति

एमालेमा फर्किएकाहरुको हरिबिजोग भयो : अध्यक्ष नेपाल


काठमाडौँ – एमालेमा फर्किएका कसैलाई पनि अध्यक्ष केपी शर्मा ओलीले राम्रो नगर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् । सिन्धुपाल्चोकमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

एमालेमा १० बुँदे कार्यान्वयन हुन्छ भनेर फर्किएकाहरूको हरिबिजोग भइरहेको नेपालको भनाइ छ । एमालेमा अध्यक्ष ओलीको आदेश पालना गरे मात्रै उनले राम्रो मान्ने नेपालले बताए । ‘ओलीको आदेश पालना गर्‍यो भने स्यबास, ऊ पार्टीमा बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने ट्याउँ(ट्याउँ गर्न ओलीले छोड्दैनन् । एमालेमा १० बुँदे भन्ने साथीहरूको हरिबिजोग भइरहेको छ ।’ नेताहरूको कुनै सम्मान नगर्ने, कुनै छलफल नै नगर्ने ओली प्रवृत्तिका कारण आफूहरूले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दर्ता गर्नु परेको नेपालले दाबी गरे ।