काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगरमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान बम विस्फोट भएको हो ।
विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।
देश
प्रतिक्रिया