राजनीति

प्रतिगमनको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको केपी ओलीको आरोप


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई दिशाहीन अवस्थामा पु¥याउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भयो ।

आज देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उहाँले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहो¥याउँदै सोही अनुसार पार्टीको काममा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी समेत गर्नु भयो । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकतावद्ध रहेको उहाँको भनाई थियो ।