राजनीति

अर्ली इलेक्सनमा जान सम्भव नभएको नेता पौडेलको भनाइ, संसद्ले पूरा कार्यकाल काम गर्न पाउनुपर्ने


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २–२ पटक संसद् पुर्नस्थापना भइसकेको अवस्थामा अर्ली इलेक्सनको कुरा गर्न नसुहाउने बताउनुभएको छ । वर्षा र त्यसले निम्त्याएको बाढी पहिरोले पुर्याएको क्षतिको स्थलगत अध्ययन गर्न सुदूरपश्चिम हिँडेका पौडेलले आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग संसद पुर्नस्थापनाको मुद्दा अर्ली चुनावका लागि नभएको उल्लेख गर्नुभयो ।

नेता पौडेलले संसदले पूरा कार्याकाल काम गर्न पाउनुपर्ने धारणा राख्नुभयो । एक फरक प्रसंगमा बोल्दै उहाँले पार्टी महाधिवेशन मंसिरमा तोकिएको समयमा नै हुने दाबी गर्नुभयो । तोकिएको समयमा अधिवेशन नभए पार्टीको वैधानीकता गुम्ने उहाँको तर्क थियो ।