राजनीति

निर्धारित अवधिभन्दा अघि चुनाव हुँदैन : रामचन्द्र पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ (निर्धारित अवधिभन्दा अघि नै चुनाव) नहुने बताएका छन् ।

आज बिहान धनगढी विमानस्थलमा पत्रकारको प्रश्नमा जवाफ दिँदै नेता पौडेलले अर्ली इलेक्सन नहुने बताएका हुन् । ‘अर्ली चुनाव सम्भव छैन’, पौडेलले भने, ‘संसद पुर्नस्थापनाको मुद्दा अर्ली चुनावका लागि हैन । संसद् पूरा कार्यकाल जानुपर्छ ।’