राजनीति

प्रतिनिधिसभा अवरोधप्रति एमालेभित्रै देखियो असन्तुष्टि, अवरोध गर्दा सत्तारुढलाई फाइदा पुगेको जिकिर


काठमाडौँ – लगातारको प्रतिनिधिसभा अवरोधप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद अवरोधबारे पुनर्विचार गर्नुपर्ने माग राख्नुभएको छ ।
लगातार संसद अवरोध गरिरहँदा सत्तारुढ दललाई फाइदा पुगेको पन्तले बताउनुभयो । संसदलाई लोकतान्त्रिक बनाउन पनि एमालेले अवरोधको नीतिबारे पुनर्विचार गर्नुपर्ने पन्तको तर्क छ । माधव नेपाल सहित १४ सांसदलाई पार्टीले गरेको कारबाही सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै गत २३ भदौदेखि एमालेले संसद चल्न दिएको छैन । आजको बैठकमा पन्तसहित मध्यमार्गी नेताहरुले दश बुँदे सहमति कार्यन्वयनबारे अध्यक्षको धारणा माग गरेका थिए ।