राजनीति

देउवाको विदेश नीति; के भन्छन् जानकारहरु


काठमाडौँ – पाँच राजनीतिक दलको गठजोडमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोे सय दिन पूरा भैसकेको छ । मुलुकभित्र जारी राजनीतिक गतिरोधका कारण सर्वत्र आलोचित बनेको देउवा सरकारको विदेश नीति अन्तर्गतको नेपाल पहिला अभियान भने प्रशंसा योग्य भएको धेरैको विश्लेषण छ । विशेष अवस्था र परिस्थितिमा इच्छा योजनाले नभई मुलुकको विषम परिस्थितिका कारण संयुक्त सरकार गठन गरी सत्ताको वागडोर सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले सय दिन पुरा गरिसकेका छन् । सरकार गठनको ८८ दिनपछि मन्त्रीपरिषदलाई पूर्णता दिएका देउवाले कोरोना महामारीले आक्रान्त मुलुकलाई आर्थिक, सामाजिक, राजनीतिक रुपमा दिशा निर्देश पक्कै गरेको छ ।

आन्तरिक राजनीतिक किचलोका कारण ओझेलमा परेको परराष्ट्र मामिलामा केहि आशा लाग्दा कदम चालेका छन् । सरकारको हनिमुन पिरियड अर्थात सय दिनको अवधिमा अन्तराष्ट्रिय स्तरमा मुलुकको प्रतिनिधित्व देखि छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई सुध्रिढीकरण गर्ने प्रयास देउवा सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । परराष्ट्रमन्त्री नियुतm भए लगत्तै संयुतm राष्ट्रसंघको महासभा, असंलग्न राष्ट्रहरुको संगठन(नाम)को सम्मेलनमा सहभागी भए । नयाँ राजनीतिक नक्सा सार्वजनिक भएपछि संवादहिनताको अवस्थामा रहेको नेपाल भारत सम्बन्ध दलगत रुपमा भए पनि संवादको महोल बनेको छ । केहि समय अगाडि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाको नेपाल भ्रमण, त्यस पश्चात लगत्तै नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भारत भ्रमणलाई यसको उदाहरण मान्न सकिन्छ ।

नेपाल–चीन सिमा विवाद अध्ययन समिति गठन पछि आलोचना खेपे पनि दुई मुलुकबीच कुटनीतिक संवाद सुरु भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेशमन्त्री वाङबीच नेपाल–चीन सम्बन्धका विविध आयाम र द्विपक्षीय हितमा फोन मार्फत छलफल भयो । उनले नेपालका प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो समेत दिएको जनाएको छ ।


सय दिनमा सरकारको २४ वुदे उपलब्धि सार्वजनिक भएपछिको पहिलो बुँदा नेपाल पहिला विदेश नीति र खोप कुटनीतिप्रति धेरैले चासो दिएका मात्र छैनन, परराष्ट्र मामिलामा सरकारी कदमको प्रशंसा समेत भएको छ । असंलग्नता र समदुरीमा आधारित परम्परागत कुटनीतिक डोङको अन्त्य गर्दै नेपाल पहिला विदेश नीतिले राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राख्न सफल भएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन ।

भिन्न भौगोलिक महत्वका कारण विश्वको नजर नेपाल केन्द्रित भए पनि मुलुकले कुटनीतिक दक्षता प्रस्तुत गर्न नसक्दा नेपाल अझै धेरै पछाडि छ । मुलुकको परराष्ट्र नीति पारदर्शी र प्रभावकारी बनाउन दक्ष र अनुभवी व्यतिmहरुको चयनमा सरकार चनाखो हुनुपर्ने विज्ञहरुको सुझाव छ ।

भौगोलिक र भू–राजनीतिक दृष्टिकोणले संवेदनशील नेपाल जस्तो मुलुकको विदेश नीति सर्वत्र चासोको विषय बन्ने गर्दछ । विदेश नीति राम्रो भए मुलुकको आमुल परिवर्तन सम्भव छ भन्ने उदाहरण सिंगापुरलाई मात्र हेरे पनि पुग्छ । परिपक्व आन्तरिक राजनीति र प्रभावकारी विदेश नीति समृद्धिको मेरुदण्ड हो । त्यसैले यसतर्फ नेतृत्को ध्यानकर्षण हुन जरुरी छ । साथै बनेका नीति नियमको कार्यन्वन अत्वश्यक रहेको छ ।