राजनीति

मुख्यमन्त्री भीम आचार्यद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उहाँले यस सम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो ।

प्रस्ताव पेश लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले आइतबार मतदान हुने जानकारी गराउँदै बैठक स्थगित गर्नुभएको थियो । एमाले विभाजित भएपछि आचार्य अल्पमतमा पर्नुभएको छ । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।।