राजनीति

स्काउटद्वारा खेलकुदमन्त्री दीक्षित


काठमाडौँ – नेपाल स्काउटले नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजलाई दीक्षित गरेको छ । नेपाल स्काउट ऐन, २०५० बमोजिम मन्त्रीले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक बिशेष समारोहमा मन्त्री गहतराजलाई दीक्षित गरेको हो ।

कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नेपाल स्काउटमा राजनीतिक गर्नु नहुने बताउनु भयो । मन्त्री गहतराजले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताउनुभयो । दीक्षान्त समारोहमा वरिष्ठ स्काउटर प्राध्यापक गोविन्दनारायण ज्यापूलाई सम्मान समेत गरिएको थियो ।