राजनीति

एमसीसी संसद्बाट पास हुने प्रधानमन्त्री देउवाको दाबी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताउनुभएको छ । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने दावी गर्नुभयो ।

बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी समेत गर्नुभयो ।

नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले त्यसको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको बताउनु भयो । अर्ली इलेक्सनबारे भइरहेको बहसबारे पत्रकारहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री देउवाले त्यसबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताउनु भयो ।