राजनीति

वीपी, जीपी र केपीको बहुमतको सरकार किन टिक्न सकेन ? (भिडियोसहित)


काठमाडौँ – पाँच दलीय गठबन्धनको नेतृत्वमा सरकार बनेको एकसय दिन पुरा भएको छ । तर न संसद् राम्रोसंग चलेको छ, नत सरकारले नै प्रभावकारी उपलब्धी हात पारेको छ । बरु अर्ली इलेक्सनकै विषयमा कसरत भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हनिमुन प्रियडका रुपमा गनिदै आएको सयदिने ‘मधुमास’ बुधबार पुरा ग¥यो । तर सरकारमा नेतृत्व सम्हालेको एक सय दिनसम्म पनि देउवाले सम्झनलायक उपलब्धी हात पार्न सकेनन् । फलतः देउवाको पाँचौ कार्यकालको एकसय दिनसमेत विर्सनलायक मात्रै बनेको छैन, पुनः सरकार पूर्ण कार्यकाल चल्ने र यसले संसद् बचाउनेमै शंका देखिएको छ ।

सरकार बनेको पाँचौं दिनमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेको थियो । त्यसयता तीन महिना भन्दा बढी समय वितेको छ, तर एमालेको अवरोध हटेको छैन् । मुलत, संसद्लाई निस्प्रभावी बनाएर ताजा जनादेशमा जाने एमालेको उद्देश्य देखिन्छ । यसैका लागि सरकारले देखाएको असफलतालाई हतियार बनाएर एमाले अर्लि इलेक्सनको पक्षमा उभिदै आएको छ । यसै सन्दर्भमा नेकपा एमालेका स्थायी समिति सदस्य विष्णु रिमालसँग योहो टेलिभिजनको योहो बहसमा गरिएको कुराकानी :