राजनीति

बागमतीमा काँग्रेस र एकीकृत समाजवादीले आधा–आधा समय सरकारको नेतृत्व गर्ने, शाक्यपछि राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने


काठमाडौँ – सत्ता गठबन्धनबीच बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनाउने सहमति जुटेको छ । आज प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताउनुभयो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछि बोल्नुभएका माओवादी केन्द्रका संसदीय दलका नेता जमरकट्टेलले मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गर्ने निर्णय भएको प्रदेश सभामा बताउनुभएको हो ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको बताइन्छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ ।