देश

राहतमा कुनै कमी नगर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको चैनपुरमा बाढीपहिरोका कारण पुगेको क्षतिबारे जानकारी लिनुभएको छ । स्थलगत अवलोकनका लागि आज हेलिकप्टरबाट बझाङ पुग्नुभएको प्रधानमन्त्री देउवाले प्राकृतिक विपद्का कारण समस्यामा परेकाहरूको उद्धार, राहत र सहयोगमा कुनै कमी हुन नदिन स्थानीय अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
आजै सुदूरपश्चिमका अन्य प्रभावित क्षेत्रहरूमा स्थलगत अवलोकन गर्ने प्रधानमन्त्रीको कार्यक्रम छ । निरीक्षणपछि प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम तय गरिएको छ ।