काठमाडौँ – दशैं सकिएसँगै काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ । दसैँ मनाउन आफ्नो गाउँ गएका यात्रु काठमाडौं फर्किन थालेपछि कोटेश्वर, कलंकी लगायतका ठाउँमा काठमाडौं फर्किनेको चहलपहल देखिएको छ ।
काठमाडौं उपत्यका अस्थायी बासिन्दाहरू दशैँको टीका लगाउन र परिवारजनसँग भेटघाट गर्न आफ्नो पुख्र्याैली थलोतिर जाने गर्दछन् । दशैँको सप्तमीदेखि सुनसान बनेको उपत्यकामा यतिबेला भने दशैँ मनाउन गाउँ गएकाहरु उपत्यका फर्किन थालेपछि चहलपहल बढिरहेको छ । अहिले उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरूमा गाउँबाट फर्कनेहरूको भिड बढेको छ । ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार यो वर्ष दसैँ मनाउन १० लाख ५८ हजार ४ सय २३ जनाले काठमाडौँ उपत्यका छोडेका थिए । ३० गते देखि ३ गते सम्म २ लाख २९ हजार उपत्यका पर्किसकेका छन् । गाउँ गएका यात्रु काठमाडौं फर्किन थालेपछि कोटेश्वर, कलंकी लगायतका ठाउँमा चहलपहल देखिएको छ । धेरै वर्षपछि गाउँ गएर दशैँ मनाउन पाउँदा खुसि भएको सर्वसाधारण बताउछन् । कतिपय भने पानी परेको कारणले गर्दा काठमाडौं पर्किनलाई समस्या भएको बताउछन् ।
सप्तमीदेखि एकादशीसम्म सरकारी तथा निजी दुवै कार्यालयहरूले दशैँ बिदा दिने गर्दछन् । उपत्यकामा जागिर, अध्ययन तथा पेशाव्यवसाय गरी बसेकाहरू दशैँ मनाउन गाउँ जाने गर्दछन् । यसरी गाउँ गएकाहरूलाई दशैँ लगत्तै कर्मथलो फर्कने हतारो हुन्छ । सर्वसाधारण पनि राम्रोसंग परिवारसंग दशैँ मनाएर सहज तरिकाले नै काठमाडौं पर्किएको बताउछन् ।
कोरोना संक्रमणका कारण गत वर्ष अधिकांश मानिस आफ्नो घरमा जान पाएका थिएनन् । तर, यो वर्ष भने संक्रमणदर घटेको कारण अधिकाश व्यक्तिहरु आफ्नो पुख्र्याैली थलोमै गएर दशैं मनाए । अहिले काठमाडौं उपत्यकामा सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया