राजनीति

प्रधानमन्त्रीद्वारा बझाङमा बाढीपहिरोको क्षतिबारे जानकारी


काठमााडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको चैनपुरमा बाढीपहिरोका कारण पुगेको क्षतिबारे जानकारी लिएका छन् ।

स्थलगत अवलोकनका लागि आज हेलिकप्टरबाट आएका प्रधानमन्त्री देउवाले प्राकृतिक विपद्का कारण समस्यामा परेकाहरूको उद्धार, राहत र सहयोगमा कुनै कमी हुन नदिन स्थानीय अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

आजै सुदूरपश्चिमका अन्य प्रभावित क्षेत्रहरूमा स्थलगत अवलोकन गर्ने प्रधानमन्त्रीको कार्यक्रम छ ।