राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि सुरु भएको हो ।

बैठकमा संगठन विस्तार, सरकारका काम र आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको बुझिएको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

गत मंगलबार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न आयोगहरु गठन गरेको थियो । माओवादी शीर्ष नेताहरूले तोकिएकै समयमा राष्ट्रिय सम्मेलन गर्ने गरी तल्ला तहका अधिवेशनहरूको तयारी गर्न मातहतका कमिटीलाई निर्देशन दिँदै आएका छन् ।