काठमाडौँ – दिल्ली सरकारले बेमौसमी वर्षाका कारण पीडित बनेका किसानलाई क्षतिपूर्ति स्वरुप प्रति हेक्टर ५० हजार भारु दिने घोषणा गरेको छ । बुधबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बेमौसमी वर्षाका कारण बालीनाली नष्ट भएका किसानलाई प्रति हेक्टर ५० हजार भारु क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
दुई हप्ताभित्र बालानालीमा पुगेको क्षतिपूर्तिबारे सर्वेक्षण गरिने र दुई महिनाभित्र किसानको बैंक खातामा क्षतिपूर्ति रकम पठाइने समेत केजरीवालको भनाइ थियो । वर्षाका कारण दिल्लीसहितका भारतीय प्रान्त प्रभावित भएका छन् । वर्षापछिको बाढीपहिरोबाट अति प्रभावित उत्तराखण्डमा ४६ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया