काठमाडौँ – सरकारले गत तीन दिन यता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । बुधवार सिंहदरवारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले बुधवार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताउनुभयो । उहाँले बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरुलाई तत्काल राहतको व्यवस्था गरिने बताउनुभयो ।
कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त श्रोत, साधन नभएकोले धेरै क्षति भएको बताउनुभयो । उहाँले बुधवार मध्यान्हसम्म ५२ जनाको निधन भएको र २० वटा घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।
प्रतिक्रिया