राजनीति

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा यसबाहेक केही दैनिक प्रशासनिक कार्य सञ्चालनका सन्दर्भमा पनि निर्णय हुने बताइएको छ । आजै मन्त्रिपरिषद् बैठकअघि देउवाले विपद् प्राधिकरणको बैठक पनि बोलाउनुभएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् ।