राजनीति

गठबन्धन सरकारको सय दिन पूरा, प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारकाे आलोचना


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको सय दिन पूरा भएको छ । सरकारले सय दिन निकै उपलब्धि मूलक भएको दाबी गरेको छ । प्रधानमन्त्री देउवाको सचिवालयले १०० दिनमा कोभिड–१९ को खोप अभियानमा निकै ठूलो प्रगति भएको जिकिर गरेको छ ।
सरकारले ‘नेपाल पहिला’ परराष्ट्र नीति अबलम्बन गरेको र खोप कूटनीतिमा तुलनात्मक सफलता हात पारेको दाबी गरेको छ । देउवाले केही समयअघि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको थियो । विवादमा मुछिएपछि उद्योगमन्त्रीले राजीनामा दिनुभएको छ । हाल उद्योग मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले राख्नुभएको छ । गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।