राजनीति

बाढीपहिरो व्यवस्थापनका लागि २५ करोड दिने सुदूरपश्चिम सरकारको निर्णय


काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो लगायतका विपद् व्यवस्थापनका लागि २५ करोड निकासा दिने निर्णय गरेको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्राकृतिक प्रकोप नियन्त्रणका लागि खडा गरिएको विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार आइतबारदेखि परेका वर्षापछि आएको बाढी तथा पहिरो प्रभावित जिल्लालाई २५ लाखका दर बजेट दिने निर्णय समेत गरिएको छ । उक्त रकम जिल्लास्थित स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा जम्मा गर्नेछ ।

सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि परिरहेको वर्षाले कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ लगायतका जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरो गएको छ भने तराइ क्षेत्र डुबानमा परेको छ ।