मौसम

बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ – प्रधानमनत्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् ।

तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्‍न भागमा बाढी पहिरोबाट सर्वसाधारण प्रभावित भएका छन् ।