काठमाडौँ – आइतबार राति देखि भएको बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । बर्षाले थन्क्याउने बेलाको धान नै डुबाउँदा कृषकहरु मर्कामा परेका छन् । धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् ।
मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमि क्षेत्रमा बढी परेको छ । आइतवारदेखिको अविरल बर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ भने एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् । मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको अशर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने जलवायु विज्ञहरुले बताएका छन् ।
यस बर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरीएको थियो । सेप्टेक्बर २३ मा मनसुन बाहिरीनुपर्ने भएपनि केही बर्षदेखि सिप्ट भईरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरीने मिति तोकेको छ । तर एक साता बढी ढिला गरि नेपालबाट मनसुन बाहिरीएको थियो । मनसुन बाहिरीने प्रक्रिया संगै बंगालको खाडीमा न्युन चापिय अवस्था श्रृजना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको जलवायु विज्ञ बताउँछन् । उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सूदुरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आईतवार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ । यो क्रम बुधबारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ ।
त्यसोत, छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा रेड अर्लट जारी गरिसकेको छ । त्यहाँ २ सय मिलिमिटर भन्दा बढी बर्षा हुने आँकल गरिएको छ । यस्तै नेपालको पश्चिम क्षेत्र डडेलधुरामा गत २४ घण्टामा १ सय ७९ लिटर मिलिमिटर वर्षा भईसकेको छ । यो भारतको आँकडा सँग मिल्दोजुल्दो छ । यो अवस्था जलवायु परिवर्तनको अशर सँग जोडिने जलवायु विज्ञहरु बताउँछन् ।
नेपाल सरकार सँग मौसम जन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता वेमौसमी बर्षा लगायतका विपद्को क्षति न्युनीकरण गर्न नसकिएको जलवायु विज्ञ बताउँछन् । सुचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड उनीहरुको छ । तर अन्तरदेशीय सुचना सञ्चार प्रभावकारी हुन नसक्दा पनि विपद् पुर्वको सुचना प्राप्ती चुनौतिपुर्ण बनेको छ ।
प्रतिक्रिया