राजनीति

पार्टीको पुर्नसंरचनादेखि संगठन विस्तारमा दलहरुको सक्रियता बढ्यो, छेकेन चाडवाडले (भिडियोसहित)


काठमाडौँ – झन्डै दुई वर्ष कोरोना महामारीका कारण सिमित जमघट र छलफलमा सीमित बनेको मुलुकको राजनीतिक गतिविधि पुन सक्रिय बनेको छ । राजनीतिक दलहरु चाडवाडकै बीचमा पनि पार्टीको महाधिवेशन सम्पन्न गर्न जोडतोडका साथ लागिरहेका छन् ।

कोरोना कालमा तत्कालिन नेकपाभित्रको आन्तरिक विवादका कारण राजनीतिक वृत्त चर्चामा रहे पनि पार्टीगत रुपमा अधिकांश दलहरु मौन जस्तै रहे । तर पछिल्लो समय तत्कालिन नेकपामा फुट आएर एमाले र माओवादी व्यूजिएपछि संगठन विस्तारमा यी दलहरु जुटेका छन् । त्यमा पनि नेकपा एमालेले फुट वेहोरेपछि एकीकृत समाजवादी पनि संगठन विस्तारमा जोडतोडका साथ लागिपरेको छ । नेकपा एमाले र जनता समाजवादीको फुटपछि निर्माण भएको नयाँ राजनीतिक दल मात्र नभई तत्कालिन एमाले,माओवादी केन्द, कांग्रेसलगायत सबै दलहरु पछिल्लो समय पार्टीगत छलफलमा सक्रिय छन् । आगामी निर्वाचनमा आफ्नो दललाई कसरी ठुलो शति बनाउने बहसमा उनीहरु केन्दित बनेका छन् ।

नेपाली कांग्रेसको विधानत १४ औ महाधिवेशन जारी छ ।केहि जिल्ला बाहेक अधिकांश स्थानीय तहको अधिवेशन सम्पन्न गरिसकेका छन् । नेकपा एमालेले पार्टीको पुर्नसंरचना सहित अगाडि बढ्न कार्तिक ६ गतेबाट पार्टीको अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका बमोजिम नै सबै तहमा अधिवेशन हुने नेताहरुको दावी छ ।

नेकपा एमालेको फुटले जन्माएको एकिकृत समाजवादी, जनता समाजवादीको फुटले जन्माएको लोकतान्त्रिक समाजवादी पार्टी लगायतका नयाँ राजनीतिकहरु पनि पार्टीको संगठन विस्तारमा सक्रिय छन । संघिय संरचना बमोजिम नै पार्टीको संगठन विस्तार तथा प्रचारमा जुटेका छन । संविधानत आगामी वैशाख अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने कार्यतालिका छ । स्थानीय तहको निर्वाचन आउन अझै केहि महिना बाँकी नै छ । यता राजनीतिक दलहरुलाई आगामी निर्वाचनमा जसरी पनि ठुलो शक्ति बन्ने तयारीका साथ पार्टीको पुर्नसंरचना र संगठन विस्तारमा सक्रियता बढाएको छ ।