राजनीति

माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलन र विभाग गठनबारे छलफल


काठमाडाैँ – माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा आगामी सम्मेलन र विभाग गठनबारे छलफल, प्रमुख प्रतिपक्षी एमालेले आगामी शनिबार एकैदिन देशभर वडा अधिवेशन गन
काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । आज केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निस्कर्षमा नपुगिएको बताउनुभयो । उहाँले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताउनुभयो ।

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलवार बिहान ८ बस्नेछ । मंगलवारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताउनुभयो ।