राजनीति

एमाले वडा अधिवेशन कात्तिक ६ गतेका लागि तय


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्ने भएको छ । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन गर्ने तयारी गरेको छ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार भर्चुअल माध्यमबाट अध्यक्ष केपी ओलीले वडा अधिवेशनको उद्घाटन गर्ने तयारी गरिएको छ । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने छन् ।