काठमाडौँ – माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली स्वदेश आइपुगेको छ । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक शनिबार फाइनल खेलेको थियो ।
हवाईमार्गबाट कतारको दोहा हुँदै नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकहरुलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थल आउन आग्रह गरेका छन् ।
साफको तयारीको सिलसिलामा नेपाली टोली भदौ २५ गते कतार गएको थियो । कतारबाट साफ च्याम्पियनसिपका लागि टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो ।
प्रतिक्रिया