देश

गृहले गर्यो आठ जिल्लामा सिडिओको सरुवा


काठमाडौँ – गृह मन्त्रालयले आठ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । रोल…
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँचीमा सरुवा गरिएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।