राजनीति

नेकपा एसमा जिम्मेवारी फेरहेर,नेता खनाल विदेश विभाग प्रमुख


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी विस्तार गर्नुको साथै शीर्ष नेताहरुको कार्यविभाजनको टुंगो लगाएको छ । जारी अन्तरपार्टी निर्देशनअनुसार समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व र संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ । यस्तै, पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, मुकुन्द न्यौपानेलाई उद्योग वाणीज्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज, उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता, उपाध्यक्ष प्रमेश हमाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

पार्टीले झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भन्दै आएको सो पार्टीले हालै जारी अन्तरपार्टी निर्देशमा सम्मानित नेताको दर्जा दिएको छ ।