देश

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै गर्दा नेपालमा अपेक्षित रुपमा घटेन गरिबी


काठमाडौँ – आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी आदानप्रदान गर्ने उद्देश्यले विश्वभर दिवस मनाइँदै छ ।

सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ । नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।

नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहले विभिन्न कार्यक्रम अघि सारेका छन् । तर, अपेक्षित रुपमा गीरबी घट्न सकेको छैन ।