काठमाडौँ – मेलम्ची इन्द्रावती जोड्ने सडकमा हिजो आएको वर्षाले क्षति पुर्याएको छ । हिजोको भीषण वर्षाले अस्थायी मोटर बाटोमा तीन महिना लगाएर राखिएको ह्युम पाइपमा क्षति पुगेको हो ।
गत असार १ मा आएको बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनालगाएर त्यहाँ ह्युम पाइप राखी मोटर बाटो बनाइएको थियो । उक्त अस्थायी मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँका अनुसार मौसममा सुधार आउने बित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने आउने छ ।
यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको हो । हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको छ । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।
प्रतिक्रिया