खेलकुद

नेपाल इतिहास रच्नबाट वञ्चित,भारतसँग ३-० गोल पराजित


माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । यससँगै भारतले ८ पटक साफ उपाधि जितेको छ।

पहिलो पटक साफको उपाधि उचाल्ने सपना देखेको नेपालको अगाडि फेरि पनि भारत बाधक बनेको हो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवाती मिनेट सम्हालिन नसक्दा नेपालले गोल खान पुग्यो । भारतलाई अग्रता दिलाउने क्रममा सुनिल क्षेत्रीले गोल गरे । उनले ४९ मिनेटमा गोल गरे । त्यसको एक मिनेटपछि नै सुरेशसिंह वांजमले गोल गरे । खेलको अतिरिक्त समयमा सहल अब्दुल समदले गोल गर्दै ३–० गोलको जित निकालेको हो ।

भारतको जितसँगै नेपालले उपविजेतामा नै चित्त बुझाएको छ ।