समाचार

महाकाली नदी किनारमा पुरुषको शव फेला


काठमाडौँ – महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित नदी किनारमा शनिबार बिहान ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव करिब ४० वर्षीय पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।