राजनीति

चाडपर्वले आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्नेछ : माधव नेपाल


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दशैंका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले शुभकामना सन्देश जारी गर्दै विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गरे ।

सन्देशमा उनले भने, “हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।”

अध्यक्ष नेपालले दशैं, तिहार, नेपाल संवत् ११४२, छठ, लोसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।