देश

मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकर पार्किङले दुर्घटनाको जोखिम बढ्दो


काठमाडौँ – निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकरहरुले जोखिम बढाएका छन् । ६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै पार्किङमा राखिएका ट्यांकरहरुले जोखिम बढाएका हुन् ।

सडक छेउमै रहेको आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थको ढुवानीका लागि हाल ८७ ट्यांकर छन् । तर पार्किङका लागि स्थल नहुँदा २४ देखि ४८ घण्टा सम्म ती ट्यांकर सडक छेउमा पार्किङमा राखिँदै आएका छन् । जसले सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको छ ।

६ लेन सडकमा भइरहेको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने साउन यता मात्रै १४ दुर्घटनामा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।