राजनीति

कोरोनाले बन्द तलेजु भवानी मन्दिर खुल्यो, बिहानैदेखि भक्तजनको भीड


काठमाडौँ – महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ ।

तलेजु भवानी मन्दिर वर्षमा एक दिन मात्र भक्तजनका लागि खुला गरिन्छ । गत वर्ष कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला गरिएको थिएन । यस वर्ष कोरोना जोखिम कम रहेको र धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबारका एक कर्मचारीले बताए ।