काठमाडौँ – उत्तर कोरियाका संकटग्रस्त अवस्थाका बालबालिका तथा वृद्धवृद्धा भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघका विज्ञले बताएका छन् । उत्तर कोरियाका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार विशेषदूतले खराब हुँदै गएको खाद्य सुरक्षाका लागि अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरोना महामारीका कारण लागु भएको प्रतिबन्ध कारक रहेको बताएका छन् ।
उत्तर कोरियाका नागरिकलाई सम्मानका साथ दैनिक जीवन गुजारा गर्न कठिन भइरहेको विशेषदूत टोमस ओजेया क्वीन्टानाले बताएका हुन् । उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण लागु गरिएको प्रतिबन्ध फुकुवा गर्न उनले माग गरेका छन् । प्रतिबन्ध फुकुवा नगरिएमा उत्तर कोरियामा खाद्य संकटको अवस्था आउने उनको भनाइ छ ।
प्रतिक्रिया