राजनीति

एमाले र माओवादीलाई चीनको सुझाव


काठमाडौँ – नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रलाई मिलेर अघि बढ्न चीनले सुझाव दिएको छ । यी दुई ठूला कम्युनिस्ट शक्तिहरु मिलेर नेपाली जनताको आकांक्षा पुरा गरेको हेर्ने आफ्नो चाहना रहेको समेत चीनले बताएको हो ।

नेपाल डायलग फोरमले मंगलबार भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले एमाले र माओवादीलाई मिलेर अघि बढ्न सुझाएकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैजनाको नाम लिएर यान्छीले नेपाली जनताको आकांक्षा पुरा गर्न कम्युनिस्टहरुलाई मिल्न सुझाव दिएकी हुन् ।

राजदूत यान्छीले एमाले र माआवादीलाई मिलेर अघि बढ्न सुझाव दिइरहँदा उनले हालै गठित माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को नाम भने लिइनन् ।