काठमाडौँ – आज महाअष्टमी पर्व शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइँदैछ । शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको छ । दशैंघर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ गर्ने चलन छ ।
पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल आदि बली चढाई पूजाआजा गर्ने गर्छन् । काठमाडौंको बसन्तपूरस्थित हनुमानढोकाको दसैँघरमा बोका र राँगाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ । यसैबीच, राष्ट्रपति विद्यादेवि भण्डारीले काभ्रेको पलाञ्चोक भगवतिमा विशेष पूजा गर्ने कार्यक्रम छ ।
देश
प्रतिक्रिया