राजनीति

रुबी खानलाई बिहीबार उपस्थित गराउन सर्वोच्चको आदेश


काडमाडौँ –सर्वोच्च अदालतले न्यायका लागि नेपालगञ्जबाट काठमाडौंसम्म पैदल यात्रा गरेका महिला टोलीकी अगुवा रुबी खानलाई बिहीबार उपस्थित गराउन आदेश दिएको छ ।

अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो ।
प्रहरीले गत शुक्रबार माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो ।

उनको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले यस्तो आदेश सुनाएको हो ।