राजनीति

एमालेको अवरोधकैबीच दवै सदनबाट रेल्वे विधेयक फिर्ता, मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश (भिडियोसहित)


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले रुपन्देहीको मोतीपुर घटना सम्बन्धमा आपत्ति जनाएको छ । सो घटनामा सरकार मुकदर्शक बनेको भन्दै एमालले जवाफ माग गरेको हो ।

रुपन्देहीको मोतिपुर औद्योगीक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीचको झडपपछि भएको घटनालाई लिएर प्रमुख प्रतिपक्षि नेकपा एमालेले सरकारसँग जवाफ माग गरेको छ । सोमवार राष्ट्रियसभाको बैठकमा एमालेका सांसदले मोतीपुरमा सुकुम्बासी मारिएको घटनाका सम्बन्धमा सरकारसँग जवाफ मात्रै मागेनन् आफ्नै गृहजिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री मुकदर्शक बनेको आरोप लगाए । उनीहरुले गृहमन्त्रीको नैतिकतामाथि पनि प्रश्न उठाए । दशैँको मुखमा आम नागरिकमाथि गोली बर्साएर सरकारले सुकुम्बासीमाथिको दमन गरेको भन्दै सरकारको कडा आलोचना गरेको थियो ।

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको ज्यान गएको थियो । सो घटनालगत्तै स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी समेत गरेको छ । घटनामा केही सुकुम्बासी र केही प्रहरी घाइते भएका छन् । एमालेले मोतीपुर घटनाको निष्पक्ष छानविन गर्न, घाइतेको उपचारको प्रवन्ध गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण समेत गरेको छ । बैठकमा रेलवे विधेयक २०७६ बहुमतले फिर्ता भएको थियो ।

सोमवारको बैठकमा पनि एमालेले अवरोध कायमै राख्यो । एमालेले प्रधानमन्त्रीले बुढानीलकण्ठबाट बालुवाटार आएर सुत्नेबाहेक अन्य कुनै काम नगरेको टिप्पणी समेत गरेको थियो ।