देश

राष्ट्रपति समक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश


काठमाडौँ– लोक सेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।