काठमाडौँ – चितुवाको आक्रमणमा परी तनहुँमा ९ वर्षीया बालिकाको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका ५ बाहुन भञ्ज्याङस्थित ९ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । सोमबार साँझ करिब ६:१५ बजे चितुवाले आक्रमण गर्दा स्वीकृति थापा मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी गराउनुभयो ।
साँझको समयमा एक्लै छिमेकीको घरमा मासु लिन जाँदै गरेकी बालिकालाई अचानक चितुवाले आक्रमण गरी सडकबाट तल जंगलमा लगेको र मृत्यु भएको अवस्थामा बालिकालाई भेटिएको बताइएको छ ।
प्रतिक्रिया