राजनीति

पाँच दलको गठबन्धन भन्ने गरिएपनि न्यायालय थपिएर छ दल भयो : सुवास नेम्वाङ


काठमाडौँ – नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि न्यायालय थपिएर ६ दल भएको आरोप लगाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा तर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गर्नुभयो ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरुले छलफल गर्नुपर्ने बताउनुभयो । छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया त्यो नै प्रजातन्त्र भएको भन्दै न्यायालय र अन्य समसामयिक विषयमा दलहरुबीच सामुहिक छलफल हुनुपर्ने उहाँको भनाइ थियो ।