राजनीति

जसपाका कार्यकर्ताद्वारा केन्द्रिय पार्टी कार्यालय घेराउ


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् । सोमबार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले जसपाबाट ४ जना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष उपेन्द यादवको राजीनामा समेत माग गरेका छन् ।

प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्सा जिल्लाका युनियन अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको बताउनुभयो । उहाँले उपेन्द्र यादवको छोरासमेत आफ्नो समर्थनमा रहेको बताउँदै पर्सावासीलाई न्याय नगरे देशभर प्रदर्शन गर्ने चेतावनी दिनुभयो ।

पर्सामा लगातार बिरोध प्रदर्शन गर्दै आएका कार्यकर्ताहरुले सांसद यादवलाई मन्त्री नबनाएको भन्दै बिरोध गर्दै आएका हुन् । उनीहरुले आज जसपाको केन्द्रिय कार्यालयमै प्रदर्शन गरेका हुन् ।