राजनीति

एमालेले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष चियापान समारोह नगर्ने

अध्यक्ष ओलीले सर्वसाधारणलाई टिला नलगाउने


काठमाडौँ – नेकपा एमालेले कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै हरेक वर्ष गर्दै आएको दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा हुने चियापान समारोह यसवर्ष नगर्ने भएको छ । त्यसैगरी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बडा दसैँको टीका पनि नलगाउने हुनुभएको छ ।

पारिवारिक सदस्यको यसै वर्ष निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो । अध्यक्ष ओलीको काकाका छोराको यसै वर्ष निधन भएकाले परिवारमा टीका छैन । ओलीले नवमीको दिन भने गृहजिल्ला झापामा जलपान समारोह आयोजना गर्ने हुनुभएको छ ।