देश

मोतीपुर घटना बारे एमालेले माग्यो सरकारको जवाफ,गृहमन्त्री मुकदर्शक बनेको आरोप


काठमाडौँ – नेकपा एमालेले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच भएको झडपपछि भएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाउनुभएको छ ।

आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको ज्यान गएको थियो । मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि एमालेले माग गरेको छ ।