काठमाडौँ – महोत्तरीको मटिहानी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन्। सेवाग्राहीको काम गरिदिएबापत घूस मागेका मटिहानी नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर महतोलाई १० हजार रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
वडाध्यक्ष महतोसहित वडाका सहायक कम्प्युटर अपरेटर अव्दुल राइनलाई पक्राउ परेका छन् । जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।
प्रतिक्रिया